काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पार्टी सचिवालयका बहुमत सदस्यहरुको भावनालाई ठाडै इन्कार गर्दैआएका छन् । उनले नेकपाको सचिवालय बैठक नै नराख्ने, कार्यकारी अध्यक्ष पृुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक राखे सहभागी नहुने, छल्ने गर्दैआएका छन् ।
नेकपाको सचिवालयमा उपाध्यक्ष वामदेव गौतमलाई फकाए पनि पुनः धोका पाएपछि उनी बिच्किएका छन् । प्रधानमन्त्री ओलीका अगाडि अब विकल्पहरु साँघुरिंदै गएका छन् । उनी पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीमा त अल्पमतमा छन् । तर पनि उनी पार्टीको बहुमतलाई नमान्ने भन्दै पेलिरहेका छन् । पार्टीमा सहमति नभए बहुमतका आधारमा निर्णय गर्ने विश्वब्यापी प्रचलनलाई उनले चुनौती दिइरहेका छन् । जसका कारण उनकै गुटका नेता कार्यकर्तासमेत वाक्क हुन थालेका छन् ।
मकवानपुरका सांसद तथा संसदको अर्थसममितिका सभापति कृष्णप्रसाद दाहालले हाम्रा टाउका गनेर पार्टी फुट्न नदिने भनेर ओलीतिर संकेत गरेका छन् । यस्तो अवस्थामा नेकपाको एकता जोगाइराख्न ४ बिकल्प रहेको आजको कान्तिपुर दैनिकले लेखेको छ–
१. सचिवालयमा प्रस्तुत सबै दस्तावेज फिर्ता गर्ने, साझा प्रस्ताव बनाएर भदौ २६ को समझदारी कार्यान्वयन गर्ने,
२.दाहालसँग फेरि लिखित सम्झौता गर्ने, दाहाललाई चुनावी सरकारका प्रधानमन्त्री बनाउँछु भन्ने,
३. प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा छाड्नैपर्ने स्थिति आउँदा अध्यक्ष छाड्ने, नेपालसँग सम्झौता गर्ने,
४. दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, कांग्रेसको समर्थनमा सरकार बनाउने ।
प्रधानमन्त्री ओलीका सामु अन्तिम विकल्पका रुपमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र कांग्रेससँग सत्ता साझेदारी गर्ने छ । एक हप्ताअघि भारतीय विदेश सचिव आउनुका बाहिरी कारण जे जे देखाए पनि भित्री कारण भने ओलीलाई पार्टी फुटाउनु परे पनि तयार पार्ने र कांग्रेससँग गठबन्धन गराउने रहेको चर्चा पनि राजनीतिक नेताहरुबीच हुने गरेको छ । तर कांग्रेस अहिले महाधिवेशन केन्द्रित रहेकाले ओलीलाई काँध थाप्न तयार होला भन्ने मान्न कोही तयार छैनन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend