Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजावादीहरु सलबलाएको बेला सुतेको कांग्रेसलाई किन चलाएको सरकार ? बिष्णु रिजाल


    बिहिबार, मंसिर १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीलाई समेत बेवास्ता गर्दै राजावादीहरुको जुलुस दिनहुँ निस्किरहेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक राजावादीकै जुलुसका कारण सुरक्षा थ्रेट देखाएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्नुपर्ने परिस्थिति आएको छ । 

    राजावादीहरु सल्बलाएको बेला बिहीबार तनहुँमा एउटा पुल उदघाटन समेत गर्न नदिई सरकारले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएर स्थितिलाई भड्काउने काम गरेको छ ।

    नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले राजावादीहरु सल्बलाएको बेला सरकारले सुतेको कांग्रेसलाई किन चलाएको होला भनी प्रश्न गरेका छन् । उनले लेखेका छन्–‘राजावादीहरुले मुख मिठ्याएर सडकतिर चियाइरहेको बेला सुतेको कांग्रेसलाई किन चलाउनुपरेको होला ? भित्र–बाहिर, दायाँ बायाँ एकैपटक कति मोर्चा खोल्न रहर लागेको होला ?’

    सरकारको यो कदमलाई सबैले बिरोध गरेका छन् । पौडेललाई पुल निर्माण उपभोक्ता समितिले बोलाएपछि पूर्वमन्त्री गोविन्दराज जोशीकै समर्थकले तनहुँमा आउन नदिने हल्ला चलाएको अवस्थाम नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले युवासंघका कार्यकर्ता परिचालन गरेर वातावरण बिगार्ने र सरकारको बिरोध गर्ने मैदान खडा गरिदिएका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार