Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मस्जिदमा कोरोना संक्रमित भेटिएपछी बिरगन्जको छपकैया शिल


    आइतबार, चैत्र ३० २०७६
    730
    Shares
  • २ मिनेट पाठ
  • वीरगन्ज, ३० चैत ।  जिल्ला प्रशासन कार्यालय  वीरगन्जले  छपकैया पूर्ण रूपमा सिल गर्ने भएको छ। मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले उक्त निर्णय गरेको हो । 

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ मा पूर्ण रूपमा सिल गर्ने तयारी भइरहेको बताएका छ । उनले  यसबारे निर्णय गर्नजिल्ला सुरक्षा समितिको बैठक बसिरहेको जानकारी गराए । 

    अहिले नेपाली सेनाको टोलीले सिल गर्ने क्षेत्रको अवलोकन गरिरहेको छ।

    यसैबीच तीन जना भारतीयमा कोरोना भाइरसको पुष्टि भएपछि वीरगन्जवासी त्रास दखिएको छ। आइतबार नारायणी उपक्षेत्रीय अस्पतालका छेउका मेडिकल पसलहरू पनि प्राय बन्द गरिएका छन् भने बजारमा रहेका औषधि पसलहरू पनि  बन्द छन्।
    नयाँदिल्ली र उत्तर प्रदेशबाट आएका २४ जना भारतीय नागरिकहरू छपकैयाको एक मस्जिदमा बसिरहेका थिए। स्थानीयवासीको सूचनाका आधारमा प्रशासनले त्यहाँ बसेका सबैलाई परीक्षण गर्न अस्पताल ल्याएको थियो।

    मस्जिदमा बसेकामध्ये  तीन जनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनीहरूलाई शुक्रबारदेखि नै नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। उक्त समूहमा रहेका बाँकी भारतीयलाई सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टानइनमा राखिएको छ।

    यी भारतीयहरू कहिले नेपाल आएका हुन् र कहाँ कहाँ गए भन्ने एकिन भइसकेको छैन। प्रहरीले उनीहरूको ट्राभल हिस्ट्री पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार