Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्राउ


    बुधबार, मंसिर १७ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

    निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएकाे हाे । 

    व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो ।

    नेता पाैडेललाई सुरक्षाका लागि प्रहरी कार्यालय लगेको प्रहरीले बताएको भएपनि नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । 

    पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो ।

    एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।

    कार्यक्रम रोक्न माग गर्दै युवा सङ्घले दमौलीमा मोटरसाइकल र्‍या​लीसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार