Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सचिवालय बैठकमा ओली अनुपस्थित, अर्काे बैठक २० गते बस्ने


    बुधबार, मंसिर १७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक मंसिर २० गते बस्ने गरि स्थगित भएकाे छ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि केहिबेर बसेर बैठक स्थगित भएकाे हाे ।

    मंगलबारबाट सुरू भएकाे सचिवालय बैठक बुधबार १ बजे बस्ने भनिएकाे थियाे । तर प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा उपस्थित हुने भनेपछि एक घण्टा पछि धकेलिएकाे थियाे ।

    Nekapa Sachabalaya.jpg

    दिउँसाे २ बजेपछि बसेकाे बैठकमा ओली उपस्थित नभएपछि बैठक स्थगित भएकाे नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    सचिवालय बैठक स्थगित भएसँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित बनेकाे छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार