Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोसपाले कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने


    बुधबार, असार २० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।

    बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफल बारे बैठकमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।

    कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार