Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ घण्टा पर सर्‍यो नेकपा सचिवालय बैठक, केपी ओली पनि सहभागी हुने


    बुधबार, मंसिर १७ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा पछाडि सरेको छ ।

    सचिवालय बैठककाे कुनै औचित्य नभएको भन्दै सहभागी नुहने बताएका प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन भएसँगै उनकै चाहनाअनुसार बैठक बुधबार दिउँसो २ बजेमलाई सारिएको बताइएकाे छ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले औचित्य नभएको बैठकमा सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा परेका थिए ।

    यसबारे रणनीति बनाउन बालुवाटारमा भएको ओली पक्षीय छलफलले बैठकमा सहभागी हुनुनै सही हुने निष्कर्ष निकालेपछि उनी बैठकमा सहभागी हुन राजी भएको बताइएको छ । सोहीअनुसार ओलीले आफूले आवश्यक तयारी गर्नुपर्ने बताएपछि बैठक एक घण्टा सारिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार