Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिवालय बैठक : ओली बैठकमा नजाने, के होलान् उनका आगामी रणनीति ?


    बुधबार, मंसिर १७ २०७७
    4.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ । 

    दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागिता नजनाउने भएका छन् ।

    आज बैठकमा ओलीको अनुपस्थितिमा ओलीलाई चित्त नबुझ्ने कुनै अप्रीय निर्णय भए त्यसको १५ मिनेटमा ओलीले एकता भङ्गको बक्तब्य जारी चेतावनी दिएका छन् ।

    पार्टी एकता भएपछी महाधिवेसन वा अर्को चुनाब नभएको अवस्थामा चुनाब चिन्ह सूर्यसहित साबिक दल नेकपा एमाले कायम गर्न माग राख्दै निर्वाचन आयोगमा निवेदन गर्ने तयारी ओलीको रहेकाे स्राेतकाे दावी छ ।

    ओलीकै माग अनुसार आयोगले एमाले र सूर्य चिन्ह दिने बिश्वास ओली टीममा छ र एकता भङ्गको रटान लगाईरहेका छन् । यसमा सत्यता कति छ? त्याे भने हेर्न बाँकी नै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार