Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसइईको नतिजा बिहीबार


    बुधबार, असार १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार मात्र सार्वजनिक गर्ने भएको छ  ।

    यसअघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भए पनि प्राविधिक काम नसकिएकाले विहिबार नतिजा सार्बजनिक गर्ने भएको हो ।

    नतिजा प्रकाशनका लागि बिहीबार बिहान बोर्ड बैठक बोलाइएको छ ।

    कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

    गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार