Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिमिकाेट विमानस्थललाई पर्यटकीय हबकाे रुपमा विकास गर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई


    मंगलबार, मंसिर १६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले हुम्लाको सिमिकाेट विमानस्थललाई पर्यटकीय हबकाे रुपमा विकास गर्ने बताउनु भएकाे छ ।

    आज हुम्लाकाे सिमिकाेट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढाेका हुम्ला भएकाेले धार्मिक तथा साँस्कृतिक हबकाे रुपमा विकास गर्नु पर्ने बताउनुयाे ।

    मन्त्री भट्टराईले पर्यटनकाे हिसाबले पूर्वकाे लुक्ला जति नै पर्यटक सिमिकाेटमा आउने बताउदै धार्मिक साँस्कृतिक पर्यटनलाई लक्षित गरी विमानस्थल विस्तार गरिने बताउनुभयाे ।

    उहाँले भन्नुभयो यहाँकाे संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ त्यस‌ले पर्यटन विविधतालाई ध्यान दिदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न आग्रह गर्नुभयो । उहाँ हुम्लाको पर्यटन क्षेत्रकाे विकासकाे लागि मन्त्रालयकाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता समेत जनाउनु भयाे ।

    मन्त्री भट्टराईले सिमिकाेट विमानस्थलमा निमार्ण भई रहेकाे एप्राेन,पाकिङ लगायतका काम चाडाे सक्न निर्देशन समेत दिनुभयो । नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य समेत रहनु भएका मन्त्री भट्टराईले नेकपा भित्र अन्तरविरोध मात्रै भएकाे बताउदै कुनै पनि हालतमा पाटी नफुटने दाबी समेत गर्नुभयो ।

    सासद छक्कबहादुर लामाले सिमिकाेट एयरपोर्टमा ४५ सिटे जहाज बस्न सक्ने गरी विमानस्थलकाे विस्तार गर्न मन्त्री भट्टराईसंग आग्रह गर्नुभयो ।  हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले राष्ट्रिय सडक संञालमा नजाेडिदा सुत्केरी तथा विरामी समस्यामा परेकाे साथै टेलिफोनकाे समस्या रहेकाे मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार