Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुसको पहिलो साता भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली


    सोमबार, मंसिर १५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि जाने भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विषेश दूतका रुपमा मन्त्री ज्ञवालीलाई पुसको पहिलो साता भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ ।

    भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए ।

    सरकारी स्रोतका अनुसार मन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

    उनको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारतबीचको संवाद हिनताको निरन्तरता र बिद्यमान विवादलाई संवादबाट सहमतीमा लैजाने हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार