Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्याेग वाणिज्य महासंघको पहिलो बैठकमै विवाद: अध्यक्ष र वरिष्ठ उपाध्यक्षका छुट्टाछुट्टै उम्मेदवार


    सोमबार, मंसिर १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । उद्याेग वाणिज्य महासङ्घको निर्बाचन परिणाम आएकै दिन आइतबार भएको सपथग्रहण कार्यक्रममा विवाद भएको छ ।

    आइतबारदेखि महासघंको अध्यक्ष भएका शेखर गोल्छाले सपथकै दिन हिजो बैठक राखेपछि नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पक्षले एजेन्डा बिनाको बैठक भन्दै बिरोध गर्यो ।

    ढकाल पक्षको बिरोधका कारण बैठक बस्न सकेन । सपथ ग्रहणकै दिन बिना एजेन्डा बैठक राख्न रोक्न सफल भएको ढकाल पक्षले महासंघको बरिष्ठ सदस्यमा पनि अध्यक्ष गोल्छाको उद्देश्य पुरा हुन नदिने खेल बरिष्ठ उपाध्यक्षले खेलिरहेका छन् । पुर्व अध्यक्ष मध्येबाट वरिष्ठ सदस्य बनाउने गरिन्छ ।

    गोल्छा पुर्व अध्यक्ष पशुपति मुरारकालाई बनाउन चाहिरहेका छन भने ढकाल चण्डी ढकाललाई वरिष्ठ सदस्य बनाउन चाहन्छ । कोषाध्य क्षमा गोल्छा सुकुन्तलाल हिराचनलाई मनोनीत गर्ने पक्षमा छन । ढकाल पक्ष डीबी बस्नेतलाई कोसाध्य क्ष बनाउन चाहिरहेको छ ।

    मानार्थ सदस्यमा अध्यक्ष गोल्छा किशोर प्रधानलाई ल्याउने योजनामा छन् । नवनिर्वाचित महासंघको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार