Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआइजी बढुवा सिफारिसपछि ओली–दाहालबीचको दूरी बढ्यो 


    आइतबार, चैत्र ३० २०७६
    695
    Shares
  • ४ मिनेट पाठ
  •  

    काठमाडौं, ३० चैत ।

    डीआइजी बढुवा सिफारिसले नेकपाका दुई अध्यक्षको दूरी थप बढाउने कामगरेको छ । राष्ट्रबैंकको गभर्नर नियुक्तिदेखि चीनका राजदूत लीलामणि पौड्लाललाई फिर्ता बोलाउने निर्णय हुँदै डीआइजी सिफारिससम्म आउँदा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको दूरी बढिरहेको छ ।

    शुक्रबार मध्यराति गरिएको डीआइजी बढुवा सिफारिसमा अध्यक्ष दाहालले एसएसपी गणेशबहादुर ऐरको नाम नछुटाउन गृहमन्त्री रामबहादुर थापालाई भनेका थिए । तर उनको नाम सिफारिसमा नपरेपछि दाहाल आश्चर्यमा परेका छन् । गृहमन्त्री थापा आफूले प्रस्ताव लगेको तर प्रधानमन्त्रीले काटेको भनेर उम्किएका छन् ।
     

    देउवाका प्रियपात्र ऐर कसरी बने प्रचण्डका निकट ?

    शुक्रबार गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्दा सिनियर व्याचका एसएसपी ऐर परेनन् । उनको ब्याचका घनश्याम अर्याल, बसन्तकुमार पन्त, बसन्त लामा, अरुण बीसी पर्दा उनी छुटे । ऐरपछिको बैकल्पिक समूहका धिरजप्रताप सिंह, रविन्द्रसिंह धानुक र उत्तमराज सुवेदी त परे नै त्यो भन्दा १ बर्ष जुनियर सहकुल थापा पनि परे । तर उनको नाम काटियो । ऐरहरुको बैकल्पिक समूहका विश्वराज पोखरेल ६ महिनाअघि नै डीआइजी बढुवा भइसकेका छन् । ऐरको समूहका क्षमतावान नै मानिने एसएसपी पुरुषोत्तम कँडेल पनि डीआइजी बढुवा सिफारिसमा पर्न सकेनन् ।

    \"\"एसएसपी गणेशबहादुर ऐर

     

    ऐर प्रहरी निरीक्षक हुँदादेखि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आडमा बढी लाभ लिन सफल अधिकृत हुन् । उनका भाइ रतन ऐर देउवा २०४८ मा गृहमन्त्री हुँदादेखि प्रधानमन्त्री हुँदा पनि पीए भएकाले उनी काठमाडौंका तत्कालीन वडा प्रहरी कार्यालयमा धेरै पटक इन्चार्ज भएका थिए । डीएसपी हुँदा पनि उनी पटक पटक बृत्तको इन्चार्ज हुनेमा पर्दछन् । 

    एसएसपी भइसकेपछि उनी कांग्रेस कमजोर भएकाले नेकपा अध्यक्ष पुष्पकमल दाहालको घर खुमलटारमा धाउन थाले । ललितपुर परिसरको एसएसपी भएकाले पनि उनलाई खुमलटारसँग नजिक बनाएको थियो । तर डीआइजीका दरबन्दी कटौती भएकाले उनी जति नै कोसिस गर्दा पनि पर्न सकेनन् । पूर्वआइजीपी सर्वेन्द्र खनालले उनलाई जाँदाजाँदै सिंगल डीआइजी बढुवा गर्न खोजेका थिए । तर बरिष्ठ एसएसपीहरुले गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म हारगुहार गरी रोकेका थिए । 

    ऐर २०७४ को प्रतिनिधिसभा चुनावमा ललितपुर ३ बाट नेकपा नेतृ पम्फा भूसाललाई हराउन र नेपाली कांग्रेसका मदन अमात्यलाई जिताउन खुलेरै लागेका थिए । त्यसका लागि उनले ललितपुर ३ मा पर्ने पुल्चोकको इन्चार्जलाई २ नम्बर प्रदेशमा खटाएर आफ्ना निकट द्वारिका घिमिरेलाई लगेका थिए । तत्कालीन इन्स्पेक्टर र हाल डीएसपी घिमिरे ललितपुर १ बाट चुनाव लडेका कांगं्रेसका उम्मेदवार र पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाका क्लासमेट हुन् । त्यही भएर ललितपुर १ र ३ को चुनावमा नेकपाका उम्मेदवार हराउन र कांग्रेस जिताउनका लागि ऐरले घिमिरेलाई ल्याई ब्यवसायिक अधिकृतलाई अन्यत्र खटाएका थिए । उनी राम्रा कामको जस अरुले गरेको पनि आफैं लिने र नराम्रा काम आफूले गरे पनि दोष अरुलाई थोपर्ने अधिकृतका रुपमा प्रहरीमा चिनिन्छन् ।

     अध्यक्ष दाहालसँगको सामीप्यता र उनको आश्वासनपछि एसएसपी ऐर डीआइजी बढुवा सिफारिसमा पर्नेमा ढुक्कजस्तै थिए । शनिबार साँझदेखि नै उनले आफूनिकटलाई फोटोसहित बढुवा सिफारिसमा परेका एसएसपीहरुलाई बधाइ भन्दै सामाजिक संजालमा राख्न लगाएका थिए । तर मध्यरातमा भएको सिफारिसमा उनको नाम थिएन । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार