Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्हेबीच शिष्टाचार भेटवार्ता


    आइतबार, मंसिर १४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । रक्षा मन्त्रालयकाे कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग शिष्टाचार भेटवार्ता भएकाे छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता भएकाे हाे । 

    वेइ नेतृत्वको टोलीमा आएको चिनियाँ प्रतिनिधि मण्डल टोली र नेपाली सेनाको प्रतिनिधि टोलीबीच द्विपक्षीय छलफल भएको थियो।

    चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै भेटवार्ताकाे क्रममा फेङ्हेले अब त्याे सम्बन्ध नयाँ उचाइमा पुगेकाे बताएका थिए।

    त्यस्तै सैन्य सहयोग अभिवृद्धिकाे विषयमा पनि कुरा भएकाे थियाे। वेइ आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरी काठमाडौं छाड्नेछन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार