Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली लिखित जवाफ पेश गर्दै


    शनिबार, मंसिर १३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि मंसिर ३ मा बसेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावको जवाफमा आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित प्रस्ताव पेश गर्नेछन् । उनले प्रचण्डको आरोपको जवाफका लागि १० दिनको समय मागेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार