काठमाडौं, २९ चैत ।
सरकारले बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको छ । आज लकडाउनको १९ औं दिन हो । १९ दिनसम्म घरघरमै बसेर कोरोना भाइरस संक्रमण फैलिन नदिन सहयोग गरिरहेका नागरिकमा बैशाख ३ पछि लकडाउन खुल्ला कि नखुल्ला भन्ने कौतुहलता ब्याप्त छ । तर बैशाख ३ गते लकडाउन खुल्ने संभावना कम देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग गरेको भिडियो कन्फ्रेन्समा लकडाउन छिट्टै अन्त्य नहुने संकेत गर्नुभएको उच्चस्रोतले बताएको छ । भारतमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले सीमामा अझ कडाइ हुने संभावना देखिएको छ । प्रधानमन्त्री ओलीले भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य छ भन्ने कुरामा भिडियो कन्फ्रेन्समा जोड दिनुभएको थियो । भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु’ प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फ्रेन्समा प्रष्टसँग आफ्नो कुरा राख्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले चैत २५ मा राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा भन्नुभएको थियो–‘आगामी २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । प्रधानमन्त्री ओलीले चैत २५ को सम्बोधनमै २ साता लकडाउन लम्बिने संकेत गरेकाले बैशाख दोस्रो सातासम्म जाने संभावना छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend