काठमाडाैँ । भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गलाले घनिष्ठ मित्र र छिमेकीका नाताले नेपाल–भारतबीच सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताउनुभएको छ ।
नेपालको दुईदिवसीय औपचारिक भ्रमणको दोस्रो दिन आज राजधानीमा भएको एक कार्यक्रममा उहाँले ‘सबैको साथ सबैको विकास सबैको विश्वास’ प्राप्त गर्ने भारत सरकारको चाहना र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न द्विदेशीय साझेदारी र सहकार्यको विकल्प नरहेको बताउनुभयो ।
“हामी नेपाल र भारतका भावी पुस्ताप्रति जवाफदेही छौँ, घनिष्ठ मित्र र छिमेकीका रुपमा हामीले सँगै काम गर्न आवश्यक छ, हामीले हाम्रा युवाका आकाङ्क्षालाई पूरा गर्न आवश्यक छ, सशक्त सहकार्यमुखी भारत–नेपाल सम्बन्ध दुई देशका जनताको हितमा छ”, सचिव शृङ्गलाले आपसी सम्बन्धलाई अझ प्रगाढ एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिँदै भन्नुभयो ।
विकास सहायता, सबल सम्पर्क सञ्जाल, विस्तारित भौतिक पूर्वाधार र आर्थिक सहयोगका परियोजनामा केन्द्रित रहेर भारतले नेपालसँगको सम्बन्धलाई अघि बढाएको बताउँदै उहाँले नेपालको विकासका प्राथमिकतानुसार भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाललाई भारतले आफ्नो प्रमुख मित्र र विकासको साझेदारका रुपमा लिएको बताउँदै उहाँले दुवै देशका विकास एवं सामाजिक–आर्थिक रुपान्तरणका समान चुनौती रहेकाले एकार्काका अनुभवबाट सिक्न सकिन्छ भन्नुभयो ।
भारत सरकारको सहयोगमा स्थानीय समुदायका आवश्यकतानुसार सामुदायिक सम्पत्ति निर्माण तथा तल्लो तहमा सामाजिक–आर्थिक समृद्धि प्रवद्र्धन गर्न समुदाय विकासमा उच्च प्रभाव पार्ने परियोजना नेपालका ७७ वटै जिल्लामा कार्यान्वयन भइरहेको जानकारी दिँदै उहाँले तिनमा शिक्षा, स्वास्थ्य, सिँचाइ, पेयजल, संस्कृति र सम्पदा संरक्षण, सीप विकास, युवा प्रशिक्षण र कृषिलगायत विकास परियोजना समावेश गरिएको बताउनुभयो ।
उहाँले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सरकारमा आएपछि १७ वर्षपछि उच्चस्तरमा भ्रमण भएको र उहाँले सरकारको नेतृत्व गरेदेखि नै छिमेक सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेर तदनुुरुप व्यवहार गरेको बताउनुभयो । भारतलाई मध्यम आययुक्त देशका रुपमा विकास गर्ने सरकारको सपना सुनाउँदै उहाँले त्यो सपना साकार तुल्याउन नेपालको सहयोग अत्यावश्यक भएको औँल्याउनुभयो ।
विदेश सचिव श्रृङ्गलाले नेपालको अथाह जलसम्पदा स्वच्छ ऊर्जा उत्पादनका निम्ति प्रमुख स्रोत हुने र त्यसले नेपालको आर्थिक उन्नयनमा असीमित रुपान्तरण गर्ने बताउनुभयो । भारतका विभिन्न कम्पनी कोरोनाविरुद्धको खोप उत्पादन र परीक्षणमा लागिरहेको जानकारी दिँदै उहाँले छिमेकीको नाताले नेपालको आवश्यकतालाई प्राथमिकता दिइने बताउनुभयो ।
“नेपालमा भूकम्पका बेला होस् वा कोरोना सङ्क्रमणको कठिन अवस्था, भारतले नेपाललाई सक्दो सहयोग गरेको छ र भविष्यमा पनि गर्नेछ,” उहाँले भन्नुभयो । सामाजिक एवं आर्थिक क्षेत्रमा नेपालले गरेको सुधार तथा भौतिक संरचनाहरुको निर्माणको प्रशंसा गर्दै उहाँले नेपालीको मन र मुस्कान परिवर्तन नभएको तथा नेपाल र भारतको सम्बन्ध आत्मीय रहेको तथा त्यसले दुई देशका जनताबीच शक्तिशाली सम्बन्धलाई अझ सुदृढ बनाएको बताउनुभयो ।
उहाँले नेपालको दीर्घकालीन विकासका परियोजनामा भारतले सहकार्य गरेको र कैयौँ परियोजना सम्पन्न भएको तथा बाँकी परियोजना द्रुत गतिमा पूरा गर्न भारत प्रतिबद्ध रहेको बताउँदै सचिव शृङ्गलाले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसँगै पेट्रोलियम पदार्थ ढुवानीमा व्यय हुने नेपाल सरकारको रु ८० करोड बचत भएको, नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण जारी रहेको, अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति भएको, जयनगर–कुर्था अन्तरदेशीय रेलसेवा निकट भविष्यमा सञ्चालन भएपछि जनकपुरको तीर्थाटन गर्न भारतीयलाई सहज भई नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend