बारा, २९ चैत ।
कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले राहतमा कुहिएको दाल र चामल बितरण गरेको समाचार नेपालफेस डटकमले शुक्रबार सप्रमाण सार्वजनिक गरेको थियो । आज बारा जिल्ला प्रशासन र प्रहरीको संयुक्त टोलीले मेयर यादवको यादव कोल्डस्टोरमा छापा मार्दा कुहिएको दाल फेला पारेको छ । यादवले कलैया ७ रंगपुरमा रहेको आफ्नै यादव कोल्डस्टोरमा ४ बर्षअघि राखेको रहरको दाल उपमहानगरका सबै वडामा राहतका रुपमा बितरण गर्न लगाएका थिए । उपमहानगरपालिकाबाट प्रतिकिलो १ सय २० रुपैयाँमा खरिद गर्नेगरी उक्त दाल हरेक वडामा बितरण गरिएको थियो ।
त्यसैगरी मेयरले उद्योग बाणिज्य संघसँग समन्वय नै नगरी प्रतिकेजी ४१ रुपैयाँ ५० पैसामा चामल किनेर बितरण गरेका थिए । जबकि बारा उद्योग बाणिज्य संघले प्रतिकिलो ४० रुपैयाँ चामलको मूल्य तोकेको थियो । मेयरले बितरण गरेको चामलसमेत गुणस्तरहीन पाइएपछि राहत लिनेहरुले फिर्ता गर्न सुरु गरेका थिए । एक महिनाअघि कोल्डास्टोरले २० रुपैयाँका दरले खरिद गरेको आलु पनि मेयर यादवले ४० रुपैयाँ प्रतिकिलो भुक्तानी गर्नेगरी राहतमा बितरण गरेका थिए । मेयरले नै कालोबजारीमा आफ्नो कोल्डस्टोरको कुहिएको दाल र आलु कालोबजारीमा बिक्री गरी करोडौं भ्रष्टाचार गरेको समाचार नेपालफेसले सार्वजनिक गरेको थियो । मेयर यादवको घर रहेको कलैया ७ वडाका राहत पाउनेले नै सडेको दाल र चामल भन्दै फिर्ता गर्न सुरु गरेका थिए । २२ नम्बर वडाबासीले पनि सडकमा नै सडेको दाल र चामल प्रदर्शन गरी उपहानगरलाई फिर्ता गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

कलैया उपमहानगरपालिकाले बितरण गरेको राहतको गुणस्तरहीन चामल र दाल ।
आज प्रशासनले छापा मारी ३ सय ८० बोरा रहरको कुहिएको दाल बरामद गरेपछि मेयरले कोरोना महामारीको बहानामा राहतमा घोटाला गरी कमाउन खोेजेको पुष्टी भएको छ । मेयर यादव कालोबजारी र गुणस्तरहीन खाद्यान्न बितरण गरी उपमहानगरबासीबीच बदनाम भएका छन् ।
संविधानसभा सदस्य प्रमोद गुप्ताले सामाजिक संजालमै कलैया उपमहानगरपालिकाले राहतमा बाँडेको कुहिएको दालको फोटो नै पोष्ट गरेका थिए । लकडाउनका बेला नागरिक भोकै नपरुन् भनेर सरकारले स्थानीय निकायलाई जिल्ला प्रशासन कार्यालय, उवासंघ जस्ता निकायसँग समन्वय गरी राहत बितरण गर्न निर्देशन दिएको थियो । तर कलैयाका मेयर यादवले त्यसविपरीत आफ्नै हात जगन्नाथ जस्तो आफ्नै कोल्डस्टोरबाट कुहिएको दाल बितरण गरे भने कालोबजारीमा आलु दोब्बर मूल्य लिएर राहत बाँडेको बिषयमा नेपालफेसले समाचार सार्वजनिक गरेको थियो । कुहिएको दाल बितरण गरिएको पुष्टी भइसकेको छ भने चामलको बारेमा पनि छानबिन गर्न प्रशासनमाथि दबाब परेको छ । आलुको कालोबजारीका बारेमा पनि छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
यो पनि पढ्नुहोस्ः
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend