Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ?


    मंगलबार, जेष्ठ १५ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा सहकारी ठगी सम्बन्धी  संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।

    ७ सदस्यीय समितिमा एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् ।  त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल (राजन), रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन् ।

    आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार