काठमाडौं, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने उदेश्यले सरकारले लकडाउन जारी गरेसँगै काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर, छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुलाई समेत आहाराको व्यवस्था गर्दै आएको छ ।
यसै अनुरुप काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यसहितको टोलीले आज आफैँ स्वयम्भू, बौद्ध र पसुपतिनाथ क्षेत्रमा पुगी उनीहरुलाई आहारको व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ), सहसचिव राजेश्वर ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल, प्रशासन विभाग प्रमुख नमराज ढकाल, महानगर प्रहरी प्रमुख धनपति सापकोटालगायतको टोलीसहित शाक्य स्वयम्भू, बौद्ध र पसुपतिनाथ पग्नुभएको हो ।
प्रमुख शाक्यको टोली ती तीन ठाउँमै पुग्दा ती वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि पनि सहभागी भएका थिए । पुसपति क्षेत्र पुग्दा पसुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकाललगायत पनि सहभागी हुनुहुन्थ्यो ।
छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीलाई आहारको व्यवस्था गर्न टोलीसहित विश्व सम्पदासूचिमा सुचिकृत ती क्षेत्रहरुमा पुग्नुभएका प्रमुख शाक्यले उनीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर ४३ औं नगर कार्यपालिका बैठकले उनीहरुलाई आहारको व्यवस्था गर्ने निर्णय गरेको र सोही अनुरुप काम अघि बढेको जानकारी दिनुभयो । ‘हामीले असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुलाई राहत वितरण गर्न कोरोना भाइरस ९कोभिड–१९० सम्वन्धी राहतवितरण मापदण्ड–२०७६ नै पारित गरी त्यसैको मापदण्ड अनुसार राहत वितरण गर्दै आएका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले चराचुरुङ्गी, परेवा, छाडा चौपाय, सामुदायिक कुकुर, बादर केही पनि भोकले नमरुन भनेर वडा–वडालाई नै उनीहरुको आहारका लागि बजेट पठाएका छौँ ।’
उहाँले सबै वडाले त्यहि बजेट मार्फत आहाराको व्यवस्था गरिरहेको भन्दै आज मुख्य गरेर बादँर, कुकुर र छाडा चौपायको बढी भीडभाड हुने विश्वसम्पदामा सुचिकृत सम्पदा क्षेत्रहरु स्वयम्भू, बौद्ध र पसुपति क्षेत्रमा अनुगमनका लागि पुगेको जानकारी दिनुभयो । ‘निर्णय गरे अनुसार काम भैरहेको छ कि छैन भनेर आज केन्द्रीय टोली अनुगमनका लागि आएको हो,’ उहाँले भन्नुभयो, ‘महानगरभित्र कोही पनि भोको नरहोस् भन्ने भावना अनुरुप नै सबै वडाले सक्रिय रुपमा काम गरिरहेका छन् ।’
उहाँले असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने मात्र होइन महानगर क्षेत्र भित्र घर भएर पनि किनेर खान समस्या भएकालाई पनि राहतको व्यवस्था गरेको जानकारी दिनुभयो । ‘काठमाडौँमा बहालमा बसेका तर किनेर खान समस्या भएका र काठमाडौँमै घर भएका तर, किनेर खान समस्या भए दुबैलाई हामीले व्यवस्था गर्छौ भनिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘आयस्रोत भएका, लकडाउनको अवधिमा खानलाई समस्या नभएको वर्ग अहिलको राहतका लागि लक्षित वर्ग भित्र पर्दैन ।’ विदेशबाट यहाँ आएर बसेका, लकडाउनका कारण स्वदेश फर्किन नपाएका र किनेर खान समस्या भएकाहरुलाई पनि राहतको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भोलि बसन्तपुर, कालमोचनलगायतका क्षेत्रमा अनुगमन गर्ने पनि जानकारी दिनुभयो । ‘लकडाउनका कारण मानिसको आवागमन नहुँदा र होटल, रेष्टुराँहरु सञ्चालन हुँदा सामूदायिक कुकुर, बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको कुरालाई ध्यानमा राख्दै उनीहरुलाई आहाराको व्यवस्था गर्न वडाहरुलाई थप रकमको व्यवस्था गर्न आफू तयार रहेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रमुख शाक्यले लकडाउन भएको सुरुको दिनदेखि नै महानगरपालिका राहत वितरणलगायतका कार्यमा सक्रिय भएर लागेको पनि जानकारी दिनुभयो । ‘हामीले सबै वडालाई राहत वितरण पारदर्शी ढंगले गर्न र सबैको तथ्याङ्क राख्न पनि निर्देशन दिएका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो यो विपत्को बेला हो, सबैलेले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुको अर्को विकल्प नभएको पनि जानकारी दिनुभयो । उहाँले शुक्रबारसम्म ३२ वटै वडाबाट करीब ३५ हजार ८ सयलाई राहत वितरण गरेको जानकारी दिदैँ ४२ हजारको विवरण संकलन गरेको बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend