Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • डोलीको ठेक्का सेटिङमा पूर्वसचिव सिंहको दौडधूप, नेकपा एसका नेताहरुको बदनाम गर्दै बिचौलिया


    बिहिबार, जेष्ठ १० २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सहरी विकास मन्त्री धनबहादुर बुढाले मन्त्रालयअन्तर्गतका नियुक्ति र ठेक्कापट्टामा कुनै पनि किसिमको हस्तक्षेप नगरे पनि विभाग, आयोजना र समितिहरुमा सेटिङ रोकिन सकेको छैन ।

    मन्त्री बुढाले कर्मचारी सरुवादेखि ठेक्कामा हस्तक्षेप नगरे पनि नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको नाम लिएर पूर्वसचिव रमेशप्रसाद सिंहले सहरी विकास मन्त्रालयका ठेक्कापट्टामा सेटिङ गर्ने, सेटिङ गर्न नचाहने विभागीय र आयोजना प्रमु्खलाई सरुवा गराइदिने, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख रामआधार साहलाई प्रयोग गरी पत्र काट्ने, बदनाम गर्ने कार्य जारी राखेका छन् ।

    पूर्वसचिव रमेश सिंहले देवीनगर बानेश्वरमा सेटिङ गर्ने कार्यालय नै खडा गरेका छन् । जहाँ सतर्कताका प्रमुख रामआधार साह दैनिकजसो जाने गर्दछन् । रमेश सिंहले भनेअनुसार ठेक्कामा सेटिङ गर्न नचाहने विभागीय प्रमुख वा आयोजना प्रमुखलाई राष्ट्रिय सतर्कता केन्द्रबाट पत्र काट्न लगाउने, छानबिन समिति गठन गर्ने कार्य हुँदैआएको छ । रामआधारले पत्र काटुनु अघि नै मिडियामा सूचना प्रवाह गराउने काम पनि गराउँदैआएका छन् ।

    मिडियामा समाचार आएपछि रमेश सिंहले बिभागीय प्रमुखहरुसँग सम्पर्क गरी सबै मिलाइदिने तर आफूले भनेको कम्पनीलाई ठेक्का मिलाइदिने सर्त राख्ने गरेको स्रोत बताउँछ ।
    यस्तै सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभाग(डोली)को परामर्शदाताको ठेक्कामा रमेश सिंहको चलखेलले सीमा नाघेको छ । डोलीको आरसीयुआईपी परियोजनाको १ अर्ब बराबरको परामर्शदाता नियुक्तिको बजेटमा उनले सेटिङ गरेको कम्पनीलाई दिन चलखेल तीव्र पारेका छन् ।

    रमेश सिंहले सहरी विकास मन्त्रालयको सचिव हुँदा नै परामर्शदाता छनोटको उक्त बजेटमा आँखा लगाएका थिए । उनले त्यो बजेट आफूले सेटिङ गरेको कम्पनीलाई दिनेगरी भरत अर्याललाई डोलीको महानिर्देशक बनाएका थिए । धनबहादुर बुढा आएपछि रमेश सिंहले सेटिङमा ल्याएका अर्याललाई हटाएर इश्वरचन्द्र मरहट्ठालाई महानिर्देशक बनाए । परामर्शदाता छनोटको प्रक्रियामा एउटा रु. ८० करोड र अर्को ४६ करोडको प्रस्ताव परेको छ । ८० करोडको कम्पनीलाई ठेक्का दिलाउन रमेश सिंह लागेका छन् । तर मरहट्ठा एकपटक अख्तियारको मुद्दा ब्यहोरिसकेकाले ३४ करोड बढी कबोल गरेको कम्पनीलाई परामर्शदाता नियुक्ति गर्ने पक्षमा छैनन् । उनी पुनः अख्तियारमा धाउन तयार छैनन् ।

    रमेश सिंहको सेटिङको ८० करोडको कम्पनीलाई ठेक्का नदिएपछि सतर्कता केन्द्रमार्फत् मरहट्ठालाई तर्साइयो । तर पनि नमानेपछि डोलीको महानिर्देशकमा ३ महिनामात्र जागिर अवधि बाँकी भएका भरत अर्याललाई ल्याउन उनी सिंह लागेका छन् ।स्रोतका अनुसार  २०८१ भदौ ८ मा अवकाश हुने भरत अर्याललाई महानिर्देशक बनाउने र परामर्शदाताको ठेक्का ८० करोड कबोल गरेको कम्पनीलाई दिनका लागि रमेश सिंहले नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई प्रलोभन दिंदै आएका छन् । पूर्वसचिव सिंह  उक्त प्रस्ताव बोकेर धाउँदैआएको स्रोत बताउँछ, १० करोडकै प्रस्ताव नेतासमक्ष पुर्याइएको छ । ३४ करोड फरक दररेट पेश गर्ने कम्पनीलाई ठेक्का दिलाउन उनी लागेका छन् । नेपालमा परामर्शदाता छनोटमा चरम भ्रष्टाचार हुँदैआएको छ । डोलीमा ३४ करोड कम प्रस्ताव गर्ने कम्पनीलाई नदिएर ८० करोड पेश गर्ने कम्पनीलाई दिनका लागि बिचौलियाहरुको यो चलखेलले नेपालमा विकास बजेटमा हुने भ्रष्टाचारको पराकाष्टालाई दर्शाउँछ ।

    पूर्वसचिव रमेशप्रसाद सिंहको आपत्ति

    पूर्वसचिव रमेशप्रसाद सिंहले नेपालफेसको समाचारप्रति आपत्ति जनाएका छन् । उनले रामआधार साह र आफू विद्यालयमा सुरुदेखि एसएलसीसम्मको सहपाठी रहेको बताएका छन् । सिंंह भन्छन्–कार्यालय समयअघि र पछि उहाँ र मेरो भेटघाट स्वभाविक हो । मैले परामर्शदाता एवं अध्ययन अध्यापनका लागि देवीनगरमा ३ वटा कोठा लिएको छु । जहाँसम्म सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभाग(डोलीं)को कुरा छ, भरत अर्याल म अवकश भएपछि महानिर्देशक भएका हुन् । इश्वरचन्द्र मरहट्ठा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दामा सफाइ पाएपछि सीता गुरुंग मन्त्री हुँदा नियुक्त भएका हुन् । तसर्थ नेपालफेस डटकममा प्रकाशित समाचारमा सत्यतथ्य नभएको स्पष्ट पार्न चाहन्छु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार