Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किन गरे प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स ?


    शनिबार, चैत्र २९ २०७६
    725
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २९ चैत ।

    लकडाउनका कारण खाद्यान्न लगायतका समस्याबाट गुज्रिएका मजदुर र अति विपन्न समुदायलाई काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय भएको भनेर बुधबार बेलुका समाचार भाइरल बन्यो । त्यो कुरा प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजदेखि केही मन्त्रीले समेत सार्वजनिक गरे । तर ७ प्रदेशका मुख्यमन्त्रीले कोरोना भाइरस संक्रमण फैलिन सक्ने भनी लकडाउन खुकुलो बनाएर उपत्यका बाहिर मानिस पठाउने कुराको बिरोध गरे । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले त सामाजिक संजालमार्फत् सार्वजनिक रुपमै बिरोध गरे । त्यसपछि सरकार लकडाउनमा उपत्यका बाहिर मानिस पठाउने निर्णयबाट पछाडि हट्यो । 

    प्रदेश सरकारको बिरोधका कारण उपत्यकाबाट मानिसहरुलाई बाहिर पठाउने निर्णयबाट पछि हटेको सरकारले आज कोरोना संक्रमण रोकथामका लागि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनेर भिडियो कन्फरेन्स गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग  कोरोना महामारीका बिरुद्ध कसरी जान सकिन्छ भनेर भिडियो कन्फरेन्समार्फत छलफल गरेका छन् । 

    प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले कोरोना महामारी विरुद्धको लडाइका बारेमा छलफल गरेका हुन् ।

    मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा पनि छलफल गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार