काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको प्ुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासङ्ग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन नहुने स्पष्ट गर्नुभयो ।
मन्त्री गुरुङले कोरोना महामारी जस्तो सङ्कटका समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद् भएको बताउँदै भन्नुभयो, “सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यस बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु ।” सरकारका प्रवक्ता गुरुङले दोलखा जिल्लास्थित ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिका लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाइमा पु¥याउन सरकारसँग आग्रह गर्नुभयो । साहित्यकार एमबी खड्काद्वारा लिखित ‘डाँडाको लाँकुरी’ कवितासङ्ग्रहमा ५० कविता समाविष्ट छन् । त्यसैगरी ‘दोलखाली सर्जक’ मा २४ पुस्तकमाथिका समीक्षा संलग्न छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend