Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत हुनुहुन्छः रमेश लेखक


    शनिबार, जेष्ठ ५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन गर्न सहमत भएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्ड समिति बनाउन सहमत भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र कांग्रेस नेताहरुबीच शनिबार बिहान संसदको गतिरोध हटाउनेबारे छलफल भएको थियो ।

    बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । यस विषयमा फेरि थप छलफल गर्ने कुराकारी भएको उनले जानकारी दिएका छन् ।

    लेखकका अनुसार प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको चाहना रहेको छ ।

    गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकाले संसदीय छानबिनको माग राख्दै कांग्रेसले लगातार सदन अवरुद्ध गर्दैआएको छ । जसका कारण नीति तथा कार्यक्रममाथि छलफल अगाडि बढ्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार