रौतहट । अन्य जिल्लामा दरबन्दी रहेका प्रहरीलाई रौतहटमा घुमुवा राखी तस्करसँग समन्वय गरेको समाचार प्रकाशन भएपछि एक प्रहरीलाई दरबन्दी फिर्ता पठाइएको खबर जानकारीमा आएको छ ।
ती घुमुवाको समन्वयमा रौतहटको मठिया महुलिया नाकाबाट धानको बिउको तस्करी गर्न दिइएको लाइन समेत जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेको एक्सनपछि बन्द भएको छ ।
कमसल धानको बिउको तस्करी रोक्न प्रहरी उपरीक्षक घिमिरे सफल भए पनि जिल्लाको सीमावर्ती नाकाबाट भने तस्करी अझै नरोकिएको विश्वस्त स्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयमा एसपी घिमिरेको आगमनयता रौतहटको मुख्य नाका गौर भंसार क्षेत्रमा दिउँसो कडाई गरिएको देखिन्छ । सर्वसाधारणले सीमावर्ती क्षेत्रबाट सामान्य घरायसी सामान किनेर ल्याउँदा पनि गौर भंसारमा रहेका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सारका कर्मचारीले एकदम कडाईका साथ चेकजाँच गरेर सामान नियन्त्रणमा लिने गरेका छन् ।
भारतसँग सीमा जोडिएका अन्य क्षेत्रबाट भने दिउँसो कडाई गरेको देखिए पनि राति १२ बजेपछि भने तस्करहरूले स्थानीय चौकी र चेकपोस्टको समन्वयमा दैनिक लाखौँको राजस्व छली गरी अवैध रुपमा तस्करीका लत्ता कपडा, खाद्यान्न, चिनी, किराना सामग्री एवं मोटर पाट्र्स भित्र्याउने गरेका छन् । गौर मुख्य भंसार क्षेत्रमा कडाई गरेको देखिए पनि गौरको पूर्वी नाका बेलबिछवा र दक्षिणी पश्चिमी नाका महादेवपट्टी, बंजरहा, मठिया महुलिया नाकाबाट भने तस्करी जारी रहेको स्थानीय स्रोतको दाबी छ। मठिया महूलियाबाट गुड्डू भन्ने व्यक्तिको कबाडको काम जारी छ भने मोतिमले गर्ने कपडा तस्करी रोकिएको छैन ।
त्यस्तै बेलबिछवाबाट ब्रह्मदेव साह र सिंहासन सिंहले गर्ने रक्सीको अवैध पैठारी कार्य पनि जारी नै रहेको स्रोतले जनाएको छ । महादेवपट्टी नाकाबाट निरज साहले कुनै समय पश्चिम र कुनै बेला भन्सारको पश्चिम हुँदै अवैध रुपमा कपडा ल्याई गिरधारीको कपडा गोदाममा भण्डार गर्ने र त्यहाँबाट नक्कली बिल बनाएर अन्यत्र पठाउने गरेका छन् ।
तस्करहरूले विभिन्न नाकाबाट भंसार छली गरी ल्याउने किराना, खाद्यान्न, चिनी, काजु लगायतका सामग्री भने नेपाल बैंक अगाडि रहेको गल्ली चप्पल गोदामको छेउमा भण्डारण गर्ने गरेका छन् ।
जिल्लामा जस्तासुकै इमानदार र कडा मिजासका प्रहरी नेतृत्वमा आए पनि तस्करी धन्दा कहिल्यै बन्द नगर्ने अर्का ब्यापारी हुन् बंजरहाका अमरजीत साह । अमरजीतका आफन्त सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रहेको भन्दै बिओपी बंजरहा र प्रहरी चौकी बंजरहालाई प्रभावमा पारेर निर्वाध रुपमा तस्करी धन्दा चलाउने गरेको उच्च विश्वस्त स्रोतले जनाएको छ । प्रायःजसो रातको १२ बजे पछिको समयमा अमरजीतले भारतीय सीमामा कपडा र चिनी भण्डारण गरी तयारी अवस्थामा राखी मौका पाउने बित्तिकै नेपाल भित्र्याउने गरेका छन् ।
त्यस्तै अर्का ब्यापारी हुन् रौतहटकै मन्सरी निवासी ‘कान्छा’ । कान्छाले नेपालबाट भारतमा अवैध रुपमा गाई पैठारी गर्ने गरेका छन् । विभिन्न ठाउँबाट गरुडा हुँदै आफ्नो गाउँमा गाई ल्याउने र मौका पाउने बित्तिकै भारतीय सीमा कटाउने मामिलामा यिनी जिल्लाकै अग्रस्थानमा रहेका छन् । गाई तस्करी गरेरै अकूत सम्पत्ति जोडेका कान्छा आगामी निर्वाचनमा मेयरको चुनाव लड्ने तयारीमा लागेको बताउँदैआएका छन् । यता जिल्ला प्रहरी प्रमुख एसपी घिमिरेले भने आफू इमानदार एवं कर्तव्यनिष्ठ प्रहरी भएको दाबी गरेका छन् ।
प्रहरी उपरीक्षक घिमिरेले आफू आएसँगै तस्करी कार्यलाई नियन्त्रण गर्न आफ्नो दुई मात्र नभई चार वटा नेत्र नै खुल्ला राखेर कडा निगरानी बढाएकाले तस्करी भैरहेको कुरा मिथ्या भएको दाबी गर्छन् ।
वर्तमान एसपी अन्य पूर्व एसपी जस्तो सोझो नरहेकाले मातहतका कसैले झुक्याएर तस्करसँग समन्वय गरेको पाइएमा त्यस्ता प्रहरीलाई अन द स्पट कारबाही गरिने घिमिरेले बताए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend