Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्यूटावरको भुक्तानीका लागि ठेकेदारसँग करोड बार्गेनिङ गर्दै आयोजना प्रमुख


    आइतबार, बैशाख ३० २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । दमकको भ्यूटावर निर्माणको काम करिब–करिब सबै पूरा भइसकेको छ । दुई अर्ब रुपैयाँमा बनेको यस भ्यूटावरको अब उद्घाटन गर्न मात्र बाँकी छ ।

    भ्यूटावरको सबै काम पूरा भए पनि सरकारले यसको भुक्तानी रकम अझै दिएको छैन । नेपाली ठेकेदार कम्पनी ओम साइरामका प्रतिनिधिहरू यतिबेला रोकिएको भुक्तानी लिन दिनहुँजसो झापामा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा धाउने गरेका छन् ।

    ठेकेदार कम्पनीले आयोजना कार्यालयबाट करिब १७ करोड रुपैयाँ लिन अझै बाँकी छ । सहरी विकास मन्त्रालयले गत चैत अन्तिम साता भ्यूटावर निर्माणमा भुक्तानी गर्न बाँकी रहेको सबै रकम सघन सहरी आयोजना कार्यालय झापामा पठाइसकेको छ ।

    झापाका आयोजना प्रमुख सुदिप पौडेलले भने ठेकेदार कम्पनीलाई भुक्तानी दिन आलटाल गरिरहेका आयोजनाका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार भुक्तानी दिन ढिलो गर्नुको खास कारण कमिसनमा कुरा नमिल्नु हो । पौडेलले १७ करोड भुक्तानी गर्ने हो भने अग्रिम एक करोड रुपैयाँ चाहिन्छ भनी दाबी गरिरहेका छन् ।

    ठेकेदार कम्पनीका प्रतिनिधिहरूले भ्यूटावर निर्माण गर्दा ठूलो परिमाणमा घाटा भएको भन्दै त्यति ठूलो रकम दिन अस्वीकार गरीरहेका छन् । यसमा बार्गेनिङ भइरहेको छ, स्रोतले भन्यो–अहिले ठेकेदार कम्पनीले पौडेललाई र पौडेलले ठेकेदार कम्पनीलाई गलाउने काम भइरहेको छ ।’ ती कर्मचारीका अनुसार आयोजना प्रमुख पौडेलले ठेकेदार कम्पनीले दिएको अग्रिम कमिसन सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, सहसचिव तथा सहरी विकास मन्त्रीसम्म पु¥याउनुपर्छ भन्दै ठेकेदार कम्पनीसँग बार्गेनिङ गरिरहेका छन् । सज्जन र निष्कलंक सचिव गेलालको समेत उनले बदनाम गराउँदै ठेकेदारलाई भुक्तानी रोकेका छन् । ती कर्मचारी भन्छन्–‘कमिसनको रकम माथिसम्म पु¥याउनुपर्छ कि पर्दैन थाहा छैन तर आयोजना प्रमुखज्यूले सबै रकममाथि पु¥याउनुपर्छ । हाम्रो भागमा केही हुँदैन भनिरहनुभएको छ ।’ स्रोतका अनुसार ठेकेदार कम्पनीले आयोजना प्रमुखले माग गरेको रकमभन्दा आधा बुझाउन तयार छन् तर यसमा आयोजना प्रमुखले मानेका छैनन्—स्रोत भन्छ ।

    १७ करोड रुपैयाँको मासिक ब्याजमात्र १५÷१६ लाख रुपैयाँ हुन्छ । तीन महिना भुक्तानी रोक्नेवित्तिकै झण्डै ५० लाख रुपैयाँ ठेकेदार कम्पनीलाई घाटा हुन्छ । अहिले पनि भ्यूटवारको रेखदेख गर्न र रेखदेख गर्ने कर्मचारीलाई तलब भुक्तानी गर्न मात्र महिनाको २ लाख रुपैयाँ घाटा भइरहेको छ । त्यसमा पनि भुक्तानी रोकिएकाले ठेकेदार कम्पनी झनै ठूलो नोक्सानीमा परेको छ । ओम साइरामले अहिले पनि भ्यूटावर सरकारलाई हस्तान्तरण गरिसकेको छैन । त्यसैले हस्तान्तरण नगर्दासम्म भ्यूटवारको संचालन खर्च ठेकेदार कम्पनीले आफंै व्यहोर्ने गरेको छ ।

    गएको फागुनमै भ्यूटावरको उद्घाटन गर्ने कार्यक्रम तयारी गरिएको थियो । तर ठेकेदार कम्पनीलाई ठेक्काको रकम भुक्तानी नगरेरै उद्घाटन गर्ने तयारी भएकोमा ठेकेदार कम्पनीले चर्को विरोध गरेको थियो । त्यतिबेला ओम साइरामका प्रतिनिधिहरू काठमाडौमा आएर भुक्तानी गर्न बाँकी रकम नदिएसम्म उद्घाटन नगर्न मन्त्रालयका उच्च कर्मचारीहरुलाई दबाब दिएका थिए । त्यसपछि तत्कालीन सहरी विकास मन्त्री सिता गुरुङ उद्घाटनको सोचबाट पछि हटेकी थिइन् ।

    आयोजना प्रमुख पौडेल अधिकृत तहका कर्मचारी हुन । तर उनी उपसचिवको दरबन्दी भएको कार्यालयमा कामु भएर काम चलाइहेका छन् । अहिले मन्त्रालयमा दुई÷तीन जना उपसचिव जिम्मेवारीबिहीन जस्तै छन तर उनी भने सेटिङ मिलाएर सधैं जसो झापाकै आयोजनामा हालीमुहाली गर्दैआएका छन् । पटक–पटक गरी उनी झापामा ७ बर्ष बसिसकेका छन् । मन्त्रालयका कर्मचारीहरू उनलाई सेटिङ मिलाउन माहिर आयोजना प्रमुखको रुपमा चिन्छन् । स्रोत भन्छ–सुरुमै १० लाख रुपैयाँ बुझाइ दोह¥याएर झापाको कामु आयोजना प्रमुख भएका हुन् ।

    मन्त्रालय स्रोतका अनुसार ठेकेदार कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको रकम बुझाएर भ्यूटावर उद्घाटन गराउने सहरी विकास मन्त्रालयको तयारी छ । तर आयोजना प्रमुख पौडेलले ठेकेदार कम्पनीलाई १७ करोड रुपैयाँ समयमा भुक्तानी गर्न नमान्दा भ्यूटावरको उद्घाटन कार्यक्रम अझै पनि कहिले हुने अन्योलग्रस्त छ ।

    यसैगरी, सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापा (जेबी) पनि सेटिङ मिलाएर सधैं आकर्षक कार्यालयमा रजगज गर्दैआएका छन् । सहरी विकास मन्त्रालयभित्र उनी लगातार अरब भन्दा बढी बजेट भएका आयोजना प्रमुख हुनेभित्र पर्दछन् । यसअघि उनी पर्सा, कास्कीको आयोजना प्रमुख भइसकेका छन् । मन्त्री र सचिवलाई प्रभावमा पारी उनी एकपछि अर्को कार्यालय प्रमुख हुँदैआएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार