काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस–१ घर भई हाल काठमाडौं गोकर्णेश्वर-५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा तथा सन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर-५ जोरपाटी बस्ने १९ वर्षीया निमा शेर्पा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।
पक्राउ परेकाहरूले वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडालगायतका देशहमा पठाइदिनेभन्दै विभिन्न व्यक्तिको राहदानी, फोटो, प्रहरी प्रतिवेदन, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कोड, पहेंलो ज्वरो कार्ड समेतका कागजात लिएर विभिन्न शीर्षकमा रकम ठगी गरेका प्रहरीद्ये जनाएको छ।
उनीहरूले आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक-पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यामा पुर्याएका थिए। पक्राउ परेकाहलाई मानव तस्करी गरी ठगी गरेको अपराधमा थप आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend