Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरम नपुगेपछि समितिको बैठक स्थगित


    मंगलबार, बैशाख ४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान बोलाइएको समितिको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।

    समितिको बैठकका लागि  उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित रहे पनि केवल ८ सांसदमात्र उपस्थित रहेपछि बैठक स्थगित भएको थियो । २६ सदस्यीय समेतमा बैठक सञ्चालनका लागि कम्तिमा १४ जना सांसद उपस्थित हुनुपर्ने प्रावधान रहेको छ ।

    आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

    प्रतिनिधि सभा नियमावली, २०७९ मा समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य संख्याको एकाउन्‍न प्रतिशत हुने व्यवस्था छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेमा सो सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्न सक्ने व्यवस्था छ ।

    समितिको बैठकमा लगातार दुई पटक गणपूरक सङ्ख्या नपुगेमा कम्तीमा एक तिहाई सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने र सोको जानकारी सभापतिले सभामुखलाई दिनुपर्ने व्यवस्था रहेको छ । न्यूज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार