काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चीन वा भारतको इशारामा जुट्ने र फुट्ने पार्टी नभएको प्रष्ट पारेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–घरेलु (नेपाली) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलिक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहीत छ ।
‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सक्रियताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो । अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङ्ग गरी एकताको इतिहास निर्माणको परिणाम हो ।
नेकपाका युवानेता भट्टराईले नेकपाका हरेक सदस्यका हातमा पेट्रोल र पानी छ । पेट्रोलले ऊर्जा दिन्छ भने पानीले ऊर्जा र जीवन दुवै दिने कुरा उल्लेख गरेका छन् । ऊर्जामात्र होइन, जीवनसमेत दिने पानी हरेकले आफ्नो हातमा बोक्नुपर्छ । अर्थात् हरेकले पार्टी एकता बचाउन भूमिका खेल्नुपर्छ भन्ने कुरासमेत उल्लेख गरेका छन् । उनले लेखेका छन्–यो सत्य हो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन् । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी कि पेट्रोल ?
पेट्रोलले उर्जा दिन्छ ।
पानीले उर्जा र जीवन
नेपालमा पानीका मुहान सुकेका छैनन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend