काठमाडौै । नेपाल बिद्युत प्राधिकरणले ८ सय मेघावाट सौर्यऊर्जाको पावर पर्चेज एग्रीमेन्ट(पीपीए) गर्नका लागि २०८० चैत २१ मा सार्वजनिक सूचना आह्वान गरेको छ । लामो समयपछि पीपीएका लागि सार्वजनिक सूचना जारी गरिएपछि सौर्यऊर्जामा लगानी गर्ने लगानीकर्ताहरु खुसी हुने नै भए । तर अवस्था ठीक बिपरीत छ ।
विगतमा ७ सय मेघावाट उत्पादनका लागि पीपीए गर्न निवेदन परिसकेको छ । त्यसपछि पनि सयौं मेघावाट उत्पादनका लागि लगानीकर्ताहरुले चासो राखेका थिए । अहिले बोलपत्रमार्फत् लिलाम बढाबढमा पीपीएका लागि आह्वान गरिए पनि ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ब्यवहारका कारण छनोट प्रक्रिया पारदर्शी हुने कुरामा आशंका ब्याप्त छ ।
ऊर्जा मन्त्रालयका सचिव फेरबदल हुनुमा पनि सौर्य ऊर्जाको पीपीएलाई लिएको छ । यसअघिका सचिव गोपालप्रसाद सिग्देल सौर्यऊर्जाको पीपीएमा भइरहेको चलखेलका बारेमा पूर्ण जानकार थिए । तर अहिले आएका सचिव सुशीलचन्द्र तिवारी शालिन र चलखेलका बारेमा अनभिज्ञ जस्तै छन् ।
सिंचाईको पृष्ठभूमिका तिवारीलाई ऊर्जा भन्दा सिंचाईतिरै बढी जानकारी छ । सोझा प्रबृत्तिका तिवारीको जागिर अवधि धेरै नभएको र चलखेलका बारेमा चासो नराख्ने भएकै कारण उनलाई ऊर्जा सचिवमा ल्याइएको हो । अहिले ४५ दिनको समयसीमा राखेर सौर्यऊर्जाका लगानीकर्ताहरुका लागि पीपीएको सूचना निकालिएको छ । केही लगानीकर्ताहरु मन्त्री बस्नेत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोमा सेटिङमा पुगिसकेका छन् । प्राधिकरणको सूचना अनुसार पीपीए पारदर्शी हुनेमा लगानीकर्ताहरु नै विश्वस्त छैनन् । निकै कम मूल्य तोकेर आह्वान गरिएको उक्त प्रक्रियामा कतिले भाग लिन्छन्, त्यो भने हेर्न बाँकी छ ।
पछिल्लो समय सौर्यऊर्जामा आकर्षण बढिरहेको अवस्थामा अस्वस्थ चलखेल भए लगानीकर्ताहरु निरुत्साहित हुने भएकाले नियमनकारी निकाय चनाखो हुनु जरुरी छ । यो चलखेलमा केही महिनाअघि मात्रै विद्युत प्राधिकरणको जागिरे जीवनबाट निबृत्त भएका प्रबल अधिकारी देखिएका छन् । उनी कार्यकारी निर्देशक घिसिङका अति निकट अधिकारीका रुपमा प्राधिकरणमा काम गर्दैआएका थिए । उनलाई कुलमानले केही समयपछि रिक्त हुन लागेको विद्युत नियमन आयोगको अध्यक्षमा नियुक्तिका लागि लबिईङ गरिरहेका छन् । विद्युत नियमन आयोगमा आफू अनुकूलका प्रबललाई अध्यक्ष बनाउन कुलमान दाम्लो चुँडाएर लागेका छन् ।
प्रबललाई ११ तहमा बढुवा गर्नका लागि लोकसेवा आयोगले प्रक्रिया मिचेरै सूचना प्रकाशित गरेको थियो । बढुवा भएकै भोलिपल्ट उनी अवकाश भएका थिए । प्रबललाई चाँडो बढुवा गर्नका लागि सूचना प्रकाशन गर्न लोकसेवा आयोगको नेतृत्वलाई कुलमानले नै दबाब दिएका थिए ।
सुयोग शर्मा काठमाडौं । बरिष्ठ सचिवहरुलाई पाखा लगाएर गरिमामय मुख्यसचिव पदमा पदासिन भएकोमा बिलम्ब भए पनि हार्दिक बधाइ र शुभकामना । कार्यकाल सफल रहोस् ।...
भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend