Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारको अर्को एक्सनः साढे २ रोपनी जग्गा घुस लिने लुम्बिनी कोषका इन्जीनीयर भट्टराईबिरुद्ध मुद्दा दायर


    आइतबार, चैत्र २५ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे ठ्रूलो भ्रष्टाचारका बिरुद्ध मुद्दा दायर गरेको छ । सूचना प्रविधि क्षेत्रका ठेक्कापट्टामा अरबौं भ्रष्टाचार गर्ने विकल पौडेल, सुनिल पौडेल, एमडीएमएस, वाइडबडीमा मुद्दा दायर गरेको अख्तियारले लुम्बिनी विकास कोषमा अरबौं भ्रष्टाचारमा संलग्न सरोज भट्टराईबिरुद्ध मुद्दा दर्ता गरेको छ ।

    लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेको  हो । उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमा अनुसन्धानको क्रममा उनले आमाको नाममा २ रोपनी जग्गा घुस लिएको फेलापरेको आयोगको बिज्ञप्तिमा उल्लेख छ ।

    मालपोत कार्यालय, भक्तपुरमा भट्टराईको आमा जनकनन्दनी भट्टराईको नाममा गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कि. नं १३७४ र १३७५ का क्रमशः २ रोपनी ९ आना १ पैसा क्षेत्रफल भएको जग्गा खरिद गर्दा जग्गा विक्रेताको बैंक खातामा रकम जम्मा गरेको बैंक भौचरबाट देखिएपश्चात् उक्त रकम के कसरी प्राप्त भएको भन्ने सम्बन्धमा आयोगले अनुसन्धान गरेको थियो ।

    अनुसन्धानका क्रममा लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले उल्लेखित जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरको बैंक खाताबाट ४० लाख तथा जग्गा खोजिदिने व्यक्तिको बैँक खातामा ४० लाख गरी जम्मा ८० लाख रुपैयाँ रकम जम्मा गराउन लगाई निज सरोज भट्टराईले भने अनुसार जग्गा खोजी दिने व्यक्तिले प्राप्त गरेको ४० लाख मध्ये ३८ लाख सात हजार दुई सय रुपैयाँ समेत जग्गा विक्रेताको बैक खातामा जम्मा गराएको र जग्गा विक्रेताले जि।भक्तपुर गुण्डु ३ स्थित माथि उल्लेखित जग्गा बिक्री गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।

    अख्तियार लुम्बिनी विकास कोषमा योजना प्रमुखको रूपमा कार्यरत भट्टराईले कोषमा ठेक्कापट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुसस्वरूप माग गरेको रु.८० लाख रकम सरोज भट्टराईले आफैंले प्रत्यक्ष रूपमा नलिई आमा जनक नन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त घुस रकम प्रयोग गरेको देखिएको आयोगले जनाएको छ ।

    भट्टराई हरेक मन्त्रीका पालामा पैसा खुवाएर म्यादथप गर्दै लुम्बिनी विकास कोषमा हालीमुहाली गर्दैआएका थिए । प्रेमबहादुर आले पर्यटन मन्त्री हुँदा उनले अवधि सकिनु ५ महिनाअघि नै पुनः ५ बर्षका लागि नियुक्ति लिएका थिए । सुदन किराँती पर्यटन मन्त्री भएपछि उनलाई हटाए पनि अदालतबाट पुनर्वहाली हुन सेटिङ गर्न खोजे पनि असफल भएका थिए । उनले यो २ रोपनी जग्गामात्र होइन, अरबकै हाराहारीमा कोषका आयोजनाका परामर्शदाता र निर्माणको ठेक्कमा घु्स लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार