काठमाडौं । सरकारी जग्गा अतिक्रमण, मानवतस्करी, ठगी जस्ता धन्दामा संलग्न भए पनि करोडौं खर्च गरी लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका ल्यारक्याल लामाले राज्यलाई तिर्नुपर्ने कर समेत छली गरेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको भाषण गर्दैआए पनि ल्यारक्याल जस्ता विवादास्पद चरित्रका ब्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउने क्रममा ५ करोड आर्थिक चलखेल गरेको चर्चा माओवादी बृत्तमै हुने गरेको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले बौद्धमा संचालन गरेको सिद्धार्थ सदन नामक म्यानपावर कम्पनी चलाएर राज्यलाई बुझाउनुपर्ने करसमेत नबुझाएको पाइएको छ । ल्यारक्यालको नाममा रहेको सिद्धार्थ सदनलाई कर बुझाउन आन्तरिक राजस्व कार्यालय जोरपाटीले २०८० मंसिर १९ गते सूचना नै निकालेको छ ।
ल्यारक्याल संचालक रहेको सिद्धार्थ सदनको नाममा १ करोड ७४ लाख ५३ हजार ४ सय ६७ रुपैयाँ कर बक्यौता रहेकाले १५ दिनभित्र दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ । यदि १५ दिनभित्र नबुझाएमा आयकर ऐन २०५८ अनुुुसार हदैसम्मको कारबाही हुने उल्लेख छ ।
विवादित पात्र माओवादीका प्रिय, नियुक्तिमा करोडौंको खेल
ल्यारक्याल लामा विवादित पात्र हुन् । उनीसँग तिब्बत र भारतको नागरिकता पनि छ । उनको सुरुवात नै तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने र अमेरिका पठाउनेबाट सुरु भएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत नारायण मैनाली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन नायब सुब्बासँग मिलेर ल्यारक्यालले हजार भन्दा बढी तिब्बतीलाई नेपालमा ल्याउने, नागरिकता दिलाउने, नेपाली पासपोर्ट बनाएर अमेरिका पठाउने काम गरेको उनलाई चिन्ने एक राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त अधिकृत पठाउँछन् ।
राष्ट्रिय अनुसन्धान बिभागका ती पूर्व अधिकारीका अनुसार ५० को दशकमा नेपालमा ल्याउनेदेखि अमेरिका उडाउने क्रममा प्रतितिब्बती उनले १० लाख रुपैयाँ सम्म लिने गरेका थिए ।
यस्तै धन प्रयोग गरी उनी एमालेका सांसददेखि अर्थराज्यमन्त्रीसम्म भए । वन अतिक्रमण गर्दा नगरकोटमा उनलाई स्थानीयले लखेटेका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend