Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अस्थायी रुपमा यसरी टर्दैछ नेकपाको संकट !


    बुधबार, मंसिर ३ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अहिले कठिन मोडमा आइपुगेको छ । पछिल्लो समय कित्ताकाटको राजनीति हावी हुँदै गएको नेकपा अहिले थप असहज अवस्थामा पुगेको हो । 

    यसअघि पनि पार्टी नै फुट्ने अवस्थामा पुगिसकेको नेकपाको विवाद पार्टी उपाध्यक्ष वामदेव गौतमको कारण सेलाएको थियो। यसअघिको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठिसकेपछि सुरु भएको विवाद पार्टी फुट्ने अवस्थामा पुगेको थियो । तर अन्तिम समयमा आएर गौतमले हात झिकेपछि विवाद तत्कालका लागि समाधान भएको थियो । 

    तर स्थायी समितिको बैठकले सहमतिको आधार तयार गर्दै टारेको नेकपाको संकट भने प्रम ओलीको एकल निर्णयको कारण पुन: जटिल अवस्थामा पुगेको प्रचण्ड निकट नेताहरु बताइरहेका छन् । विशेषगरी सरकार सञ्चालनका क्रममा महत्वपूर्ण निर्णय पार्टीमा छलफल गरेर मात्र लिइने भनिएपनि सो अनुसार नभएकोमा प्रचण्ड तथा माधव नेपाल समूह असन्तुष्ट बनेको हो ।  

    असन्तुष्ट बनेका बहुमत सचिवालयका सदस्यले पार्टी सचिवालय बैठक बोलाउनका लागि प्रम ओलीलाई लिखित रुपमै माग गरेको थियो । सो माग अनुसार बोलाइएको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको गरेको प्रस्तावपछि भने प्रम ओली समूहले विरोध जनाएको छ ।

    दुई पक्षबीचको रस्साकस्सीका बीच आज बुधबारका लागि तोकिएको सचिवालय बैठक नै अनिश्चित बनेको थियो । विशेषगरी प्रम ओली समूहले प्रचण्डको प्रस्ताव फिर्ता नभइ बैठक नै नबस्ने भन्दै आएको र प्रचण्ड समूह जुनसुकै हालतमा पनि बैठक बस्ने तयारी गरेसँगै विवाद झनै चर्केको थियो । 

    सचिवालय बैठक छल्नका लागि प्रम ओलीले मन्त्रिपरिषद् बैठक समेत बोलाएका थिए। तर नेकपाका दोस्रो तहका नेताहरूको सक्रियतापछि नेकपाको संकट तत्कालका लागि टर्ने सम्भावना बढेको छ । विशेषगरी मन्त्री समेत रहेका स्थायी समिति सदस्य घनश्याम भुसाल र योगेश भट्टराईको सक्रियताका कारण बुधवारको सचिवालय बैठक दुवै पक्षको सहमतिमा राख्ने सहमति जुटेको छ । 

    बैठकमा ओलीले शुक्रवार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको पत्र र राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्ने सम्भावना रहेको बताइन्छ ।

    बैठकमा सहभागी हुनकै लागि प्रम ओलीले १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेसम्मका लागि सारिसकेका छन् । यसअघि ओली पक्षका नेताहरूले प्रचण्डले लगाएको आरोप फिर्ता नभएसम्म कुनै बैठक नबस्ने बताएका थिए । 

    पछिल्लो समय राजदूत सिफारिस, मन्त्रिपरिषद् बिस्तारका विषयमले नेकपाको चुलिएको हो । अझ प्रचण्डको प्रस्तावसँगै विवाद नयाँ चरणमा प्रवेश गरेको थियो । 

    नेकपाको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि प्रत्यक्ष रुपमा सक्रिय भएकी छनि् । उनले मंगलबार साँझ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् । यस्तै मंगलबार राति नै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार