काठमाडौं । नेकपा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । यो अवस्थामा नेकपाका नेताहरु शीर्ष नेतालाई खबरदारी गरिरहेका छन् । स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनतालाई धोका दिने र पार्टीप्रति गद्दारी नगर्न आग्रह गरेका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले पार्टीभित्रको विवाद नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालनाबाट मात्रै हुने बताएका हुन् । नेता रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
नेकपामा विवाद बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेकपाका अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने सामाजिक सञ्जालमा ‘सर्वाधिक कठिन समय’ भनेर लेखेका छन् ।
यसैबीच बुधबार दिउँसो एक बजेका लागि तय भएको सचिवालय बैठककै समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । मन्त्रिपरिषद् बैठक प्राय: सातामा सोमबार र बिहीबार बस्ने गरेको थियो।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend