Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन खुकुलो पारिएको छैनः उपप्रधानमन्त्री पोखरेल


    बिहिबार, चैत्र २७ २०७६
    1.5K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २७ चैत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ‘भोलि र पर्सि काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको’ भन्ने समाचार सत्य नभएको प्रष्ट पारेको छ ।  भोलि र पर्सि उपत्यकाबाट बाहिर जान दिने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आएपछि समितिले खण्डन गरेको छ ।

    समितिले यस किसिमको कुनै निर्णय नभएको जनाएको छ । कोभिड १९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसुस गरी ‘वन्दावन्दी’ (लक डाउन) लाई जारी राखिएको छ । प्रधानमन्त्री केपी ओलीले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं, समितिले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ–यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार