काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको ७ रोपनी जग्गा अनधिकृत रुपमा लैनचौरस्थित जग्गा अनधिकृत रूपमा हडपेर भाडा उठाएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले छानबिन थालेको छ । मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकूद परिषदले खड्काल्याण्डको नाममा रहेका जग्गाको विवरण मागेको छ ।
स्काउटले हडपिएको आफ्नो जग्गा खाली गराउन प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म हारगुहार गरिरहेका बेला तालुकदार मन्त्रालयले छानबिन थालेको हो ।
स्काउटले कब्जा गरिएको जग्गा फिर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेललाई समेत पत्रचार गरेको अवस्थामा मन्त्रालयले जग्गासम्बन्धी सबै विवरण स्काउटसँग मागेको छ ।
स्काउटका प्रशासकीय अधिकृत सन्तोष चौहानले हडपिएको जग्गा खाली गराउन उच्च अदालतको आदेशसहित सबै विवरण मन्त्रालयमा पठाएका छन् ।
सांसद खड्काले स्काउटको जग्गा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरेको र बुझाउनुपर्ने बक्यौतासमेत नबुझाएको विषयमा मन्त्रालयलाई कागजातसहित जानकारी गराइएको छ । सांसद खड्काले सञ्चालन गरेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबारे युवा तथा खेलकुद मन्त्रालय र गृह मन्त्रालयलाई स्काउटले जानकारी गराएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । उक्त प्रालिले स्काउटको जग्गा अनधिकृत रूपमा हडपेको आरोप छ ।
यस विषयमा गत बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत चासो देखाउँदै स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितसँग सोधपुछ गरेका थिए । त्यसअघि यसै विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सबै विवरण मन्त्रालयमा पठाउन स्काउटलाई भनेका थिए ।
प्रमुख आयुक्त रञ्जित शुक्रबार आफैं मन्त्रालय पुगेर युवा तथा खेलकुदमन्त्री श्रेष्ठ र सचिव रविलाल पन्थलाई लिखित रूपमा विवरण उपलब्ध गराएका हुन् । यसअघि मन्त्रालयले सांसद् खड्काको कम्पनीले कब्जा गरेको भनिएको जग्गाको विषयमा स्काउटलाई पत्र लेखेर जानकारी माग गरेको थियो। त्यसपछि स्काउटका प्रशासकीय अधिकृत चौहानले पत्रमार्फत नै जानकारी गराएका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।
सांसद खड्काले नेपाल स्काउटको जग्गा अनधिकृत कब्जा गरेकोमात्र होइन, ५ करोड भन्दा बढी भाडासमेत तिरेका छैनन् ।
सांसद खड्काले २०६५ मा ३ रोपनी जग्गा १० बर्षका लागि लिजमा लिएर ७ रोपनी अनधिकृत कब्जा गरेका छन् । जहाँ माई च्वाइस रेष्टुरेन्ट लगायत पार्किङ राखिएको छ । पार्किङबाट समेत खड्काले चर्को शुल्क असुली गरिरहेका छन् ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend