Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालोबजारी आरोप लागेका अग्रवालको पद खारेज


    बिहिबार, चैत्र २७ २०७६
    970
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २७ चैत। नेपालका लागि कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूत सुलभ अग्रवालको पद सरकारले  खारेज गर्ने निर्णय गरेको छ।

    बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।

    शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रवाललाई स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ ।

    उनलाई प्रहरीले  कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार