Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न बालेनको निर्देशन, कार्यान्वयन होला त ?


    शुक्रबार, चैत्र १६ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ ।

    महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।

    महानगरले भनेको छ- ‘अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नहुन अनुरोध छ ।’

    संस्थागत बिद्यालयलाई नेपालीपन झल्कने नाम राख्ने निर्देशन दिएर मात्र हुँदैन, कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पत्रकार प्रकृति अधिकारीले मेयर बालेन साहलाई सुझाव दिएका छन् ।

    महानगरले निर्देशन दिएपछि पत्रकार अधिकारीले सामाजिक संजालमा मेयर बालेन साहको ध्यानाकर्षण गराउँदै लेखेका छन्– प्रिय बालेन, सरकारी प्रणाली कतिसम्म नालायक छ भन्ने यो एउटा सानो उदाहरण हेर्नुहोला । २०६९ साउन २१ गतेका समाचार । सबै मिडियाले लेखे, तर हुनेवाला थिएन । ११ वर्ष बित्यो, बागमतीमा धेरै पानी बग्यो, तर सरकारी घोषणाको छ महिना कहिले आएन ।

    कामपाले एक महिनाको समयावधि दिएको छ, अब तपाईंको आँट हेर्नुछ । साहस हेर्नु छ । शिक्षा नियमावलीमा नेपालीकरण हुनुपर्ने व्यवस्था छ, तर अनुमति दिने निकायका हाकिम जिम्मेवार नबन्दा यो स्थिति आएको हो । तपाईंले गरेर देखाउन सक्नुहोस् । शुभकामना छ ।

    यस्तो छ काठमाडौं महानगरको निर्देशन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार