काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ ।
महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।
महानगरले भनेको छ- ‘अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नहुन अनुरोध छ ।’
संस्थागत बिद्यालयलाई नेपालीपन झल्कने नाम राख्ने निर्देशन दिएर मात्र हुँदैन, कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पत्रकार प्रकृति अधिकारीले मेयर बालेन साहलाई सुझाव दिएका छन् ।
महानगरले निर्देशन दिएपछि पत्रकार अधिकारीले सामाजिक संजालमा मेयर बालेन साहको ध्यानाकर्षण गराउँदै लेखेका छन्– प्रिय बालेन, सरकारी प्रणाली कतिसम्म नालायक छ भन्ने यो एउटा सानो उदाहरण हेर्नुहोला । २०६९ साउन २१ गतेका समाचार । सबै मिडियाले लेखे, तर हुनेवाला थिएन । ११ वर्ष बित्यो, बागमतीमा धेरै पानी बग्यो, तर सरकारी घोषणाको छ महिना कहिले आएन ।
कामपाले एक महिनाको समयावधि दिएको छ, अब तपाईंको आँट हेर्नुछ । साहस हेर्नु छ । शिक्षा नियमावलीमा नेपालीकरण हुनुपर्ने व्यवस्था छ, तर अनुमति दिने निकायका हाकिम जिम्मेवार नबन्दा यो स्थिति आएको हो । तपाईंले गरेर देखाउन सक्नुहोस् । शुभकामना छ ।
यस्तो छ काठमाडौं महानगरको निर्देशन

सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend