काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) को परामर्श सेवा खरिद कार्यमा अनियमितता गर्ने नेपाल दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पुरुषोत्तमप्रसाद खनाल, बरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठसमेत १९ जनाबिरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
एमडीएमएस खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४, दफा ५ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३ र नियम ५ क समेतको कानूनी व्यवस्था बमोजिम खरिद पूर्व गर्नुपर्ने अनिवार्य कार्यहरू नगरी अनियमितता गरेकाले मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
आयोगले प्राधिकरणका अध्यक्ष दिगम्बर झा, पुरुषोत्तमप्रसाद खनाल, बरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक–निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक–उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक–उपनिर्देशक रेवतीराम पन्थ, सहायक निर्देशक–उपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक–उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइरालाका बिरुद्ध मुद्दा दायर गरेको छ ।
एमडीएमएस खरिदमा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैया बत्तीस पैसा परामर्शदाता Nuemera JV लाई गैरकानूनी लाभ र्पुयाउने र नेपाल दूरसञ्चार प्राधिकरण÷नेपाल सरकारलाई गैरकानूनी हानीनोक्सानी र्पुयाउने भ्रष्टाचारजन्य कसुरमा संलग्न भएकाले मुद्दा दायर गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले पूर्वअध्यक्ष झा, खनालसहितका कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), (च), (ञ) बमोजिमको कसुरमा बिगो रु ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ ३२ पैसा र सोमा फैसला हुँदाको मितिको प्रचलित डलरको विनिमय दर बमोजिमको थप रकमसमेत गणना गरी बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी खर्च भएको देखिएको बिगो २३ करोड २० लाख ५९ हजार ३ सय १४ रुपैयाँ ९४ पैसा असुल उपर गर्न माग गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend