काठमाडौं, २७ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाबाट बच्न तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच विकास गर्न सुझाव दिएका छन् । उनले एक भिडियो सार्वजनिक गरी उक्त सुझाव दिएका हुन ।
भिडियोमा भनिएको छ, ‘यो बेला हामी सबैले बडो विचित्रको अनुभव गरिरहेका छौं । सबै आआफ्नो घरभित्र थुनिएका छौं । यस्तो बेलामा मनमा विभिन्न आशंका र तनाव उत्पन्न हुन सक्छ । यस्तो तनावलाई जति पन्छाउन सक्यो त्यति नै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।’
डा.भट्टराई भन्छन्, ‘कल्पना गर्नुस् त हाम्रो देश कति सुन्दर छ । घरको कौंशी वा बार्दलीमा निस्केर बाहिर हेर्दा कति सुन्दर दृश्यहरु देख्न सक्छौं । घर–परिवारमा रमाउने संस्कृति हाम्रो छ । अहिले हामी एक्लिएका होइनौं । हामीले कोरोना भाइरसलाई अलग्याएका हौं । यसमा हामी स्पष्ट रह्यौं भने तनावमुक्त रहन सक्छौं ।’
विदेशबाट आएका युवाहरुले दुई हप्ता एकान्तवासमा बस्न उनले आग्रह गरेका छन् । राज्य र नागरिकहरुबीचको सहकार्यले मात्रै कोरोनालाई परास्त गर्न सकिने डा. भट्टराईको विश्वास छ । उनले कोरोनाविरुद्ध सहकार्यका लागि स्थानीय तहमा सर्वपक्षीय संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।
डा. भट्टराईले जीवन र स्वतन्त्रतामा एक रोज्न नसकिने पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेला जीवन ठूलो हुन्छ कि वैयक्तिक स्वतन्त्रता भनेर गरेको प्रश्नलाई ईंगित गर्दै उनले भनेका छन्, ‘यस्तो बेला जीवन र स्वतन्त्रतामध्ये एक रोजौं भन्ने होइन । हामीलाई दुवै चाहिन्छ ।’
डा. भट्टराईले कोरोनाको नियन्त्रणमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कामदारलगायतको प्रशंसा गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend