Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय भूमि आयोग खारेज, नयाँ आयोग बनाउने तयारी


    बिहिबार, चैत्र ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धन फेरिएसँगै राष्ट्रिय भूमि आयोग खारेज भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७८ साउनमा प्रधानमन्त्री भएपछि गठन गरेको आयोग खारेज भएको हो ।

    कांग्रेससँगको सत्ता गठबन्धन टुटाएर एमालेसँग समीकरण भएसँगै नयाँ आयोग गठन गर्ने तयारी सरकारले गरेको छ । भूमि आयोगको अध्यक्षमा देउवाले नियुक्ति गरेका केशव निरौला रहेका थिए । यसअघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग थियो ।

    उक्त आयोग खारेज गरी भूमि आयोग बनाएर निरौलालाई नियुक्ति गरिएको थियो । भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कार्य गर्नेगरी आयोग गठन भएको थियो । आयोगले केही दिनअघि ठूलो संख्यामा कर्मचारीको माग गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार