Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुप्रिम सहकारी प्रकरणः दीपेश पुनलाई ८ दिन थुनामा राख्न अदालतको अनुमति


    आइतबार, चैत्र ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्यादथपका लागि लगेको थियो ।

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार पक्राउ गरी सोही दिन बुटवल ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको जानकारी दिएका छन् ।

    रुपन्देही प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो ।

    पुनमाथि बुटवलको सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । पोखराको सूर्यदर्शनदेखि सुप्रिम सहकारी र अरु ४ वटा सहकारीका अध्यक्ष जीबी राई फरार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार