काठमाडौं, २७ चैत । दुई महिनापछि तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि नाका बन्द गरिएको थियो । उक्त तातोपानी नाका नेपालको चीनसँगको प्रमुख सीमानाका हो ।
कोरोना भाइरसको जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए ।