धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरुको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ ।’
यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन् ।
उनले विज्ञप्तिमा दुई तिहाई संस्थापक केन्द्रीय सदस्यले संघीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend