काठमाडौं । गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रमुख फेरिएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन हुँदा नियुक्त भएका गण्डकीका पृथ्वीमान गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई हटाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेश प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई नियुक्त गरेको छ । एमाले–माओवादी गठबन्धन बनेको एक साता नबित्दै प्रदेश प्रमुख फेरिएका हुन् ।
झापाकी सुमित्रा भण्डारी एमालेका नेता डा. राजन भट्टराईकी सासु हुन् । उनलाई केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा डेनमार्कको राजदूतमा सिफारिस गरिए पनि अर्को सरकार आएपछि उनी नियुक्त हुन सकिनन् ।
अर्घाखाँचीका नजिर मियाँ नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य हुन् । मिया एमालेको भातृसंस्था नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्षसमेत हुन् ।
यसैगरी डोटीका डिल्लीराज भट्ट एमालेका सल्लाहकार हुन् । भट्ट राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर पराजीत भएका थिए ।
त्यसैगरी गृहमन्त्रालयको सचिवमा एकनारायण अर्याललाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा पठाएर अर्याललाई गृहमा सरुवा गरेको हो ।
यसअघि अर्याल प्रधानमन्त्री कार्यालयमा थिए । अर्याल गृह प्रशासन बुझेका कर्मचारीको रूपमा चिनिन्छन् । अर्याल काठमाडौं लगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका कुशलतापूर्वक निर्वाह गरेका प्रशासक हुन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend