रौतहट । डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएओ र एकजना सहायक वन अधिकृत कार्यालय छाडेर एकाएक बेपत्ता भएका छन्।
उनीहरु बेपत्ता हुनुको कारण नेकपा एमाले निकट युवा संघ हो । रौतहटको चन्द्रपुर २ मा रहेको राष्ट्रिय वनमा दुई महिना पहिला दर्जनौ काँचा खयरका रुख कटान भएपछि स्थानीय बासिन्दा तथा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामाले स्थानीय संचारकर्मी बोलाएर खयर कटान भएको स्थान देखाएका थिए ।
त्यसकै रिस साध्नका लागि जुडिबेला सव वन डिभिजन कार्यालयका प्रमुख सुरेश महतोले सोही खयर कटान काण्डमा लामालाई पक्राउ गरेर थुनामा राखेपछि युवा संघले बिरोध र चक्का जाम गर्न थालेपछि डिएफओ शैलेन्द्र कुमार मिश्र र सहायक वन अधिकृत महतो बिहिबार देखी बेपत्ता भएका हुन ।
लामालाई गत बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा गएको बेला पक्राउ गरेर वनको हिरासतमा राखेपछि कार्यालय प्रमुख मिश्र र सहायक वन अधिकृत महतो एकाएक बेपत्ता भएका हुन ।
राष्ट्रिय युवा संघ नेपाल रौतहटले लामा पक्राउको बिरोधका पुर्व पश्चिम राजमार्गमा टायर बोलेर चक्का जाम गर्न थालेपछि दुबै जना बेपत्ता भएका हुन । नेकपा एमालेका नेता कार्यकर्ता नियमित रुपमा वन कार्यालयमा गएर लामा पक्राउको बिषयलाई लिएर नारावाजी गर्न थालेपछि दुबैजना कार्यालय छाडेर हिडेका हुन ।
कार्यालय नेकपा एमालेको भात्री संगठन राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई वन कार्यालयले ख्वाएर काण्डमा पक्राउ गरेपछि एमालेको डरले यतिबेला कार्यालय प्रमुख मिश्रा बेपत्ता भएका छन् । युवा सङ्घको डरले मिश्र मात्र नभएर सहायक वन अधिकृत सुरेश महतो समेत कार्यालय छोडेर बेपत्ता भएका छन् ।
लामालाई सहायक वन अधिकृत महतो र महादेव स्थान सामुदायीक वनका अध्यक्ष केशव पुलामीको मिलेमतोमा सामुदायीक वनको लेटर प्याडमा खयर फँडानीमा लामाको संलग्नता रहेको भन्दै लिखित दिएपछि उनी पक्राउ परेका थिए ।
हाल वनको हिरासतमा रहेका लामाले सो सामुदायीक वनमा रहेको २२ य क्युफिट काठ गोप्य रुपमा बिक्रि गर्न लागेको र त्यो काठ आफुहरुले समेत खरिद गर्न पाँउनुपर्ने भन्दै टण्डर फर्म माग गर्न थालेका कारण पहिलाको खयरको रिस र यो दुबै रिस साध्नका लागि पक्राउ गरेको पाइएको नेकपा एमालेका जिल्ला सचिव बाबुराम दाहालले बताए ।
एमालेको प्रेसर सहन नसकेर मिश्र र महतो कार्यालय छाडेर भागेपछि रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीयले बताएका छन् ।
रौतहटको वनमा पछिल्लो समय व्यापक रूपमा काँचाहरुको कटान तीव्ररूपमा भइरहेको बलेरीका स्थानीय बासिन्दाले बताए । वन कर्मचारीले नियमित रूपमा गस्ती नगरेका कारण रौतहटको वनमा काठ चोरी तस्करी तीव्र रुपमा बढेको हो ।
डिभिजन वन कार्यालय रौतहटमा प्रमुख भएर शैलेन्द्र कुमार मिश्र आएदेखि नै रौतहटको वनमा चोरी तस्करीले स्थान पाएको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख मिश्रानी नियमित रूपमा कार्यालयमा नबस्ने गरेका कारण अन्य वन कर्मचारीले नियमित गस्ती नगर्दा वनमा चोरी तस्करी बढेको सर्वसाधारणले बताएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend