काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा कुटाकुट भएको छ । राप्रपाको आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकका क्रममा श्रेष्ठमाथि कुटपिट भएको हो । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा नेता ठाकुरमोहनले विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनीमाथि आक्रमण भएको थियो ।
पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठ गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार थिए । खाना खानका लागि बैठक स्थगित गरेको समयमा उनीमाथि आक्रमण भएको थियो ।
विक्रम पाण्डे ठेकेदार हुन् । उनीमाथि सिक्टा सिंचाई आयोजनाको मूल नहर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे पनि विशेषका तत्कालीन रजिष्टार अशोककुमार क्षेत्रीसँग सेटिङ गरी उनले सफाइ पाएका थिए । जसका क्रममा १० करोडकै चलखेल भएको चर्चा भएको थियो ।
राष्ट्रिय गौरवको बहुचर्चित सिक्टा सिँचाइ आयोजनामा २ अर्ब १३ करोड रूपैयाँ भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे, इआरएमसीका उद्धवराज चौलागाई र सिंचाई विभागका तत्कालीन महानिर्देशक सरोज पण्डितसहित २१ जनाले सफाइ पाएका थिए । विशेषमा चलखेल गरी सफाइ पाए पनि सिक्टाको भ्रष्टाचार प्रकरणमा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend