काठमाडौं । नेकपा एमाले सचिवालय बैठक शुक्रबार बिहान सम्पन्न भएको छ ।
बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन ।
‘मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छफ त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले नेकपा एमालेको तर्फबाट सकारात्मक योगदान पुर्याउने हिसाबले नेकपा एमाले योगदान गर्नुपर्दछ भन्ने हामीले निष्कर्ष निकालेका छौँ’, उनले भने ।
पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको बताउँदै उहाँले त्यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको पोखरेलले जानकारी दिए । ‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ’, उनले भने ।
देशमा उत्पन्न निराशालाई चिर्ने र देश भित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास नयाँ सरकारले गर्ने उनकाे भनाइ छ । ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका प्रश्नमा, सामाजिक न्यायका प्रश्नमा यो सहकार्य फलदायी हुने विश्वास बैठकले व्यक्त गरेको छ’, पोखरेलले भने ।
बैठकले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठको दिन वैशाख १० गते विशेष समारोह आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते विशेष कार्यक्रम गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए । ‘त्यसको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्यौँ’, उनले बैठक पछि भने ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend