काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा ब्यवस्था कडा पारिएको छ । पशुपति क्षेत्रको सुरक्षाका लागि ४ हजार ४९ प्रहरी परिचालन गरिने गरिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रि लक्षित सुरक्षा योजना तयार गरेको हो । दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरु बिहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिनेछन् ।
महाशिवरात्रि पर्वमा स्वदेशी तथा विदेशी भक्तजनको अत्यधिक भीड हुने भएकाले सवारी व्यवस्थापनका लागि ५ सय ८३ ट्राफिक प्रहरीसहित चार हजारभन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए ।
सुरक्षा योजनामा ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन र जिल्ला प्रहरी परिसर, काठमाडौँबाट प्रहरी परिचालन हुनेछन् ।
प्रवक्ता मैनालीले पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्था प्रभावकारी बनाई सो क्षेत्रमा हुने सवारी व्यवस्थापनसमेत सहज बनाइन आवश्यक तयारी भएको जानकारी दिए । सुरक्षा योजनाको नेतृत्व प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले गर्नेछन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend