Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणकाजी र महिन्द्र राय फेरि मन्त्री हुने दाउमा, निवास छाडेनन्


    बुधबार, फाल्गुन २३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले), नेकपा माओवादी केन्द्र),रास्वपा, जसपासहितको नयाँ सत्ता गठबन्धनबीच आइतबार राति सहमति भएपछि पदमुक्त भएका मन्त्रीहरुमध्ये केहीले मात्र मन्त्रीनिवास छाडेका छन् । अधिकांशले अझै पनि मन्त्री निवास छाडेका छैनन् । पदमुक्त भएकामध्ये नयाँ गठबन्धनबाट पनि पुनः मन्त्री हुने दाउमा भएकाले निवास छाडेका छैनन् ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ र खानेपानी मन्त्री महिन्द्र राय यादव पुनः मन्त्री हुने दाउमा छन् । डा. बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीको कोटामा मन्त्री भएका महिन्द्र राय पुनः मन्त्री हुने कुरामा ढुक्क जस्तै छन् । समाजवादी पार्टीबाट जितेका एकमात्र सांसद भएकाले उनी अबको गठबन्धनमा पनि मन्त्री हुन लागेका छन् ।

    नारायणकाजी श्रेष्ठले गृहमन्त्रीका रुपमा सरकारी जग्गा अतिक्रमणदेखि नेपालीलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउने, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गैरकानुनीरुपमा अतिक्रमण गर्ने अरुण चौधरीको पक्राउ, ६० किलोदेखि भेपको सुन काण्डमा छानबिन गरेर सुशासनको पक्षमा उल्लेखनीय काम गरेकाले दोहोरिने आशामा छन् । त्यही भएकाले उनले पनि मन्त्रीनिवास छाडेका छैनन् ।

    संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार पदमुक्त हुनासाथ मन्त्रीनिवास छाड्नेहरुमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदूराम भूसाल, कानुन मन्त्री धनराज गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रीनिवास छाडिसकेका छन् ।

    संघीय सचिवालय ब्यवस्थापन कार्यालयको मन्त्री निवास पुल्चोकका किरण राईले भने–निवास छाड्ने मन्त्रीज्यूहरुले सामान बुझाएपछि मात्र छाडेको भन्ने बुझ्नुपर्छ । अहिलेसम्म चार मन्त्रीले सामान बुझाउनुभयो । कांग्रेसका मन्त्रीहरु भने आजभोलि नै सर्ने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार